पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ९ हजार ६०६ नमूनामध्ये पीसीआर विधिबाट ८००८ र एन्टिजेन विधिबाट १५ सय ९८ गरी ३०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ९६६ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ८७ जना कोरोना संक्रमित देखिएका छन्।

अहिले सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ। मन्त्रालयका अनुसार आइतबार थप ३४८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।

यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा १५९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved