मुस्ताङको थासाङमा हिमपहिरो, भागाभाग हुँदा केही घाइते

हिम पहिरोपछि मानिसको भागाभाग भएको छ। भाग्ने क्रममा केही मानिस घाइते भएका प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

नेपालभ्युज

मुस्ताङको थासाङमा हिमपहिरो, भागाभाग हुँदा केही घाइते

काठमाडौं। मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ। थासाङ गाउँपालिका–३ को कोवाङमा बिहान साँढे ११ बजेतिर ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले बताए। मुस्ताङको सदरमुकाम जोमसोमबाट करिब १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताए। हिमपहिरो करिब आधा घण्टा जारी रहेको बताइएको छ।

हिम पहिरोपछि मानिसको भागाभाग भएको छ। भाग्ने क्रममा केही मानिस घाइते भएका प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उनले जनाए।

पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको छ। आफ्नो घरभन्दा केही पर हिमपहिरो गएको नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले बताए। उनले नेपालभ्यूजसँग भने ‘‘हिमपहिरोबाट गएपछि सुरक्षित स्थानमा जानको मानिसहरू भागाभाग भएको छ। केही घाइते भएका छन्। घाइतेको उद्धार हुँदैछ। क्षतिको विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved