शाहको अध्यक्षतामा पन्छी संघको नयाँ नेतृत्व चयन

नेपालभ्युज

शाहको अध्यक्षतामा पन्छी संघको नयाँ नेतृत्व चयन

काठमाडौं। नेपाल पन्छी संरक्षण संघ (बीसीएन)मा नयाँ नेतृत्व चयन भएको छ। प्राध्यापक करणबहादुर शाहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति छानिएको हो।

३९ औं वार्षिक साधारणसभाले अध्यक्षमा शाहसहित उपाध्यक्षमा विमलकुमार थापा, महासचिवमा अशोकबहादुर मल्ल, सहसचिवमा सरिता ज्ञवाली र कोषाध्यक्षमा राजकुमार राईलाई सर्वसम्मत् चयन गरेको हो।

सदस्यहरूमा डा. प्रेम बुढा, रमेश चौधरी, सुर्दशन कार्की, जयनाथ भण्डारी, दीपक श्रेष्ठ र अनिता गुरुङ छन्। नयाँ पदाधिकारीको कार्यकाल तीन वर्षको हो।

सन् १९८२मा स्थापना भएको संघले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्वनका लागि मुलुकका विभिन्न भेगमा पन्छी अवलोकन, पन्छी गणना, संरक्षण शिक्षा जस्ता क्रियाकलाप गर्दै आएको छ।

दुर्लभ पन्छीका प्रजाती र बासस्थान पहिचान, बासस्थान सुरक्षित गर्न, संख्या बढाउन संघले वन मन्त्रालय र मातहतका निकायलाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने गर्छ।

संघको पहलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध र दुर्लभ पन्छी खरमजुर संरक्षणको कार्ययोजना बनाएको छ। चितवनको कसरास्थित गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका डंगर जातका गिद्धलाई पुनः प्रकृतिमा छोड्न संघले आर्थिक र प्राविधिक सहयोग गरेको छ।

नेपालका तीस भन्दा बढी जिल्लामा बीसीएनको उपस्थिती रहेको यो संस्थाकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved