एक नम्बर गेटबाट सर्वोच्च छिरे जबरा

नेपालभ्युज

एक नम्बर गेटबाट सर्वोच्च छिरे जबरा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। प्रहरीको स्कटिङमा जबरा अदालत प्रवेश गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्नारत छन्। प्रहरीले एक नम्बर गेटमा भने प्रदर्शनमा रोक लगाएको छ।

यसअघि गेटमा शुक्रबार पनि न्यायाधीशहरूले धर्ना दिएका थिए। उक्त दिन पनि प्रधानन्यायाधीश जबरा एक नम्बर गेटबाट सुरक्षा घेरासहित अदालत छिरेका थिए।

जबराले आइतबार २७२ ओटा मुद्दाको पेशी तोकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved