राति निद्रा पर्दैन ? यसो गर्नुस्

नेपालभ्युज

राति निद्रा पर्दैन ? यसो गर्नुस्

काठमाडौं। यो दबाबपूर्ण जीवनमा सबैजना तनावमा छन्। अत्यधिक तनावको कारण निद्रा नलाग्ने समस्या हुन्छ। तनावले निद्रा नलाग्ने समस्या  बढ्दै गई गम्भीर रोगमा परिणत हुन सक्छ। यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्छ।

स्वस्थ रहनका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ। यसका लागि दैनिक कम्तीमा ७ देखि ८ घन्टा सुत्न आवश्यक हुन्छ। यदि तपाईंलाई पनि निद्रा नलाग्ने समस्या छ भने केही आयुर्वेदिक उपाय अपनाएमा यस समस्याबाट धेरै हदसम्म छुट्कारा पाउन सकिन्छ।

राति सुत्दा तातो दूधमा एक चम्चा घिउ मिसाएर पिउनुपर्छ। दूधमा एक चम्चा घिउ मिसाएर पिउनाले निद्राको समस्या हट्छ।

राति सुत्नुअघि एक गिलास मनतातो दूधमा घिउ मिसाएर पिउनाले मस्तिष्कका स्नायु शान्त हुन्छ र एकदमै आराम महशुस हुने गर्छ। दूध र घिउको सेवनले तनाव कम गरी मुड पनि ठीक बनाउने भएकाले यो विधि अपनाउँदा राम्रो निद्रा पर्छ।

घिउसँग दूध पिउनाले शरीरमा पाइने इन्जाइमहरू निस्कन्छन्, जसले पाचन शक्तिलाई सुधार्न मद्दत गर्छ। इन्जाइम निस्कने हुँदा पाचन क्रिया पनि राम्रो हुन्छ र पेटको समस्या पनि हट्छ।

दैनिक दूधमा घिउ मिसाएर पिउनाले स्वस्थ र चम्किलो छाला भई स्फूर्ति पनि बढ्छ। यसले गर्दा हाम्रो छालालाई प्राकृतिक मोइस्चराइजर प्राप्त हुन्छ, जसले छालालाई प्राकृतिक रूपमा पोषण दिन मद्दत गर्छ। यदि तपाईंले पनि हरेक दिन दूधमा घिउ मिसाएर पिउनुभयो भने सुख्खापनबाट छुट्कारा मिली चाँडै बुढो देखिने समस्या पनि हट्छ।

एक गिलास दूधमा घिउ मिसाएर पिउनाले पाचन क्रिया राम्रो हुन्छ। यसले मेटाबोलिज्म बढाउँछ र पेटमा ग्यास बन्नेदेखि मुखमा अल्सर हुने समस्याबाट छुटकारा पाउन सकिन्छ।

यदि तपाईलाई जोर्नी दुख्ने समस्या छ भने पनि यसले लाभ दिन्छ। घिउ र दूध एकसाथ खाँदा सूजन कम हुन्छ र आराम मिल्छ। यसरी दूध पिउँदा हड्डी बलियो हुन्छ। यसका साथै जोर्नी दुखाइमा पनि आराम मिल्छ।

(एजेन्सीको सहयोगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved