इक्वेडरको जेलभित्र झडप हुँदा ६८ व्यक्तिको निधन २५ घाइते

नेपालभ्युज

इक्वेडरको जेलभित्र झडप हुँदा ६८ व्यक्तिको निधन २५ घाइते

एजेन्सी। इक्वेडरको जेलमा दुई पक्षबीच भएको झडपमा कम्तिमा ६८ जनाको निधन भएको छ। २५ जना घाइते भएको जनाइएको छ। देशकै ठूलो शहर ग्वायाकिलको जेलमा उक्त झडप भएको हो।

‘जानकारीमा आएको प्रारम्भिक सूचना अनुसार झडपमा ६८ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन्’ इक्वेडर जेल प्रशासनका एक अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। यसअघि सार्वजनिक भएको सूचनामा ५८ जनाको निधन र १२ जना घाइते भएको जनाइएको थियो।

इक्वेडरको ग्लायाकिल शहरको उक्त जेलमा ठूला झडपहरू हुँदै आएका छन्। यसअघि पनि दुई पक्षबीच झडप भएको थियो। यो झडप सोही झडपकै निरन्तरता भएको जनाइएको छ। गत सेप्टेम्बरमा जेलभित्र दुई समूहबीच भएको झडपमा १ सय १९ जना कैदीको निधन भएको थियो।

यस वर्ष मात्रै इक्वेडरको जेलमा ३ सय व्यक्तिको निधन भइसकेको छ। हजारौं कैदी घाइते भएको जनाइएको छ।

जेलनजिकै बस्ने स्थानीयहरूले घण्टौँसम्म जेलभित्रबाट गोलीको आवाज आएको बताएका छन्। यस्तै जेल बाहिर आफ्नो आफन्तको अवस्थाका विषयमा बुझ्न मानिसको भिड लागेको थियो।

‘यो त अति नै भयो। यो हिंस्सा रोकिनुपर्छ। उनीहरू मानिस हुन्, कुनै बधशालामा राखिएका पशु होइनन्,’ आठ महीना देखि जेलमा भएका एक व्यक्तिका दाजु ५५ वर्षिय फ्रान्सिस्का चान्केले भनेका छन्।

जेलबाहिर आफ्ना आफन्तको अवस्थाका विषयमा जानकारी लिन जम्मा भएका मध्ये केहीले जेलभित्रको हिंसा रोक्न प्रशासनलाई आग्रह  गरिरहेका थिए, तथापि प्रशासनले झडप रोकेन।

‘राष्ट्रपति गुइमेलो लासोले यस्तो अवस्थामा के हेरिरहेका छन्? जेलभित्र अझैं धेरै मानिसको निधन भएको उनी हेर्न चाहन्छन्?’ जेलभित्र रहेका आफ्नो छोराको अवस्थाको जानकारी लिन आएकी एक ६२ वर्षीया महिलाले भन्छिन्, ‘यहाँ मानव अधिकार कहाँ छ? हामीले अवस्था परिवर्तन हुने अपेक्षा गरेका थियौँ तर झन् झन् नराम्रो हुँदै गएको छ।’

राष्ट्रपति गुइलेर्मो लासोले अक्टोबरबाट घोषणा गरेको राष्ट्रिय संकटकालबीच यस्तो घटना घटेको हो। देशभर बढ्दै गरेको लागूपादर्थ ओसारपसारका घटनालाई नियन्त्रणमा लिने र सुरक्षाबललाई थप मजबु बनाउने भन्दै संकटकालको घोषणा गरिएको थियो।

इक्वेडरमा करीब ४० हजार जेल छन्। जसमध्ये ८ हजार ५ सय नदी किनारमा रहेका बताइन्छ। जेल प्रशासनले उपलब्ध गराएको तथ्यांक अनुसार राष्ट्रिय स्तरका साढे आठ हजार  जेलमा ५५ प्रतिशत मात्र कैदी रहेकोमा नदी तटका साढे ३१ हजार जेलमा ६२ प्रतिशत कैदी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved