पलेसा र कविराज सम्मानित

नेपालभ्युज

पलेसा र कविराज सम्मानित

काठमाडौं। पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्। नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेसा र कविराजलाई सम्मान गरिएको हो। उनीहरूलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन्।

टोकियो पारालिम्पिकमा दुई फाइट जित्दै पलेशाले ऐतिहासिक सफलता हात पारेकी थिइन्। उनीभन्दा पहिले कोही पनि नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जित्न सकेका थिएनन्। उनी अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट चुकेकी थिइन्। १८ वर्षीया पलेशाले वाइल्ड कार्डमार्फत पारालिम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन्। उनी टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन्।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएको पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन्। कविराज अन्तर्राष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक हुन्।

वर्ल्ड तेक्वान्दो फेडरेसनले गत मङ्सिरमा आयोजना गरेको लेबल–२ कोर्स उनले उत्तीर्ण गरेका थिए। उनकै प्रशिक्षणमा पलेशाले टोकियो पारालिम्पिकमा ऐतिहासिक सफलता हात पारेकी थिइन्। टोकियो प्यारालिम्पिक बाहेक पनि उनको प्रशिक्षणमा विभिन्न मुलुकमा पुगेर पारा खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved