प्रतिव्यक्ति ९० हजार भारु पर्ने भेन्यूमा बिहे गर्दै विक्की र कैट्रिना

रिपोर्टका अनुसार विवाहका लागि बोलाइने पाहुनाको सूचीमा भीआईपीहरूको नाम समावेश छ। बिहेमा चर्चित फिल्म निर्माता करण जोहर, अभिनेत्री कियारा आडवाणी, अभिनेता सिद्धार्थ मल्होत्रा, निर्देशक कबीर खान र उनकी पत्नी मिनी माथुरका साथै रोहित शेट्टीलाई पनि निम्तो दिइएको जनाइएको छ।

नेपालभ्युज

प्रतिव्यक्ति ९० हजार भारु पर्ने भेन्यूमा बिहे गर्दै विक्की र कैट्रिना

एजेन्सी। अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको खबर अहिले चर्चामा छ। दुवैले अर्को महीना विवाह गर्दैछन्। दुवैको विवाहको भव्य कार्यक्रमको तयारी पूरा भएको छ भने विवाहमा सहभागी हुने पाहुनाको सूची पनि तयार भएको छ।

यसैबीच, अहिले विक्की र कैट्रिना कैफको विवाहमा सहभागी हुने पाहुनाको बारेमा नाम पनि सार्वजनिक भइरहेको छ। इन्डिया टुडेले आफ्नो रिपोर्टमा विक्की र क्याट्रिनाको विवाहमा सहभागी हुने पाहुनाको बारेमा जानकारी दिएको छ।

रिपोर्टका अनुसार विवाहका लागि बोलाइने पाहुनाको सूचीमा भीआईपीहरूको नाम समावेश छ। बिहेमा चर्चित फिल्म निर्माता करण जोहर, अभिनेत्री कियारा आडवाणी, अभिनेता सिद्धार्थ मल्होत्रा, निर्देशक कबीर खान र उनकी पत्नी मिनी माथुरका साथै रोहित शेट्टीलाई पनि निम्तो दिइएको जनाइएको छ।

यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सहभागी हुन सक्नेछन्। यसअघि सलमान खानलाई पनि विवाहको निम्तो आएको र उनले स्वीकार गरेको खबर आएको थियो।

विक्की र कट्रिना कैफको विवाहको कार्यक्रम ७ देखि ९ डिसेम्बरसम्म सवाई माधोपुर (राजस्थान) मा आयोजना गरिदैछ। यसका लागि जयपुरमा पनि धेरैजसो क्याबहरू बुक गरिएको छ। विक्की–क्याट्रिनाले विवाह गर्ने किल्लाको नाम सिक्स सेन्स फोर्ट राखिएको छ। यो ऐतिहासिक किल्ला ७ सय वर्ष पुरानो हो।

रिपोर्टका अनुसार यहाँ एक रात बस्नका लागि प्रतिव्यक्ति ९० हजार भारतीय रुपैयाँ तिर्नुपर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved