जनगणनाका लागि सभामुखले टिपाए विवरण

सभामुख सापकोटाले जनगणनामा सहभागी भएर साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वानसमेत गरे।

नेपालभ्युज

जनगणनाका लागि सभामुखले टिपाए विवरण

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले जनगणनाका लागि विवरण टिपाएका छन्। शनिबार लैनचौरस्थित निवासमा पुगेको गणक टोलीलाई सापकोटाले विवरण टिपाएका हुन्।

१२ औँ राष्ट्रिय जनगणनाको लागि तथ्यांक टिप्न शनिबार बिहान जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा. रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोली तथ्यांक संकलनका लागि सभामुख निवास पुगेको थियो ।

सोही टोलीलाई सभामुख सापकोटाले पारिवारिक विवरण टिपाएका हुन्। सोही क्रममा उनले जनगणनामा सहभागी भएर साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वानसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved