कांग्रेस पदाधिकारी बैठक बस्दै

बैठक आज (शनिबार) दिउँसो १ बजे बस्दैछ। आजको बैठकले भोलि आइतबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्नेछ।

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।

बैठक आज (शनिबार) दिउँसो १ बजे बस्दैछ। आजको बैठकले भोलि आइतबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्नेछ।

सँगसँगै बैठकले महाधिवेशन केन्द्रित भएर छलफल गर्नेछ। पदाधिकारी बैठकमा महाधिवेशनका लागि विभिन्न समितिहरु बनाउने विषयमा पनि सहमति गर्नेगरी छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved