रोकिएका १३ जिल्लामा आजदेखि कांग्रेसको वडा अधिवेशन

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ।

नेपालभ्युज

रोकिएका १३ जिल्लामा आजदेखि कांग्रेसको वडा अधिवेशन

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत १८ भदौदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ।

यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ। समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिए।

समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन ३० कात्तिक, प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ६ मंसिर, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मंसिरमा हुनेछ।

यसैगरी प्रदेश अधिवेशन आगामी १६ र १७ मंसिर तथा केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा गरिने कार्यतालिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved