ललितपुरमा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा पछिल्लो समय देखिएका विभिन्न विषयसहित पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको विषयमा छलफल हुने बताइएको छ।

नेपालभ्युज

ललितपुरमा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक
फाइल तस्वीर

काठमाडौं। सत्ताघटक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज बस्दैछ।

ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा बैठक बस्न लागेको हो। बैठकको सबै तयारी सकिएको एकीकृत समाजवादीले जनाएको छ।

आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा पछिल्लो समय देखिएका विभिन्न विषयसहित पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीका विभिन्न आयोगले गरेका कामको विषयमा पनि छलफल हुनेछ। संगठन विस्तारदेखि सबै कामको समीक्षा हुने बताइएको छ।

दुई दिने केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीले हिजो शुक्रबार स्थायी समिति बैठक राखेर एजेण्डा तय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved