जनकपुरधाममा विवाह पञ्चमीको तयारी

जनकपुरधाममा विवाह पञ्चमीको तयारी

जनकपुरधाम। जनकपुरधाममा प्रत्येक वर्ष धुमधाम साथ मनाईने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ। जानकी मन्दिरमा मनाइने विवाहपञ्चमी महोत्सवको तयारीको जानकी मन्दिरमा शुक्रवार जानकी मन्दिरमा सर्वदलिय बैठक सम्पन्न भएको छ।

आगामी मंसिर १७ गतेको विवाहपञ्चमी महोत्सवलाई भव्य रुपमा मनाइउनको लागि तयारीमा जुटन मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आग्रह गरेका छन्। उनले विवाहपञ्चमीमा विभिन्न स्थानबाट पाहुनाहरु आउने भएकोले उपमहानगरले सर सफाईमा ध्यान नदिएकोले नगरवासीलाई सरसफाईमा लाग्न आग्रह गरे।

सर्वपक्षीय बैठकवाट विभिन्न समिति उपसमितीहरु गठन गरिएको छ। शान्ती शुरक्षा व्यवस्थाको उपसमिति, प्रचार प्रसार व्यवस्था उपसमिति, बजार व्यवस्था, रंगभूमी मा गेट, पंडाल व्यवस्थापन समिति, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचार लगायतका विभिन्न समितिहरु गठन गरिएको महन्थ दासले बताए।

विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर १७ गते जनकपुर नगर दर्शन, दोस्रो दिन मंसिर १८ गते फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छठौँ दिन सिता–राम स्वयंम्वर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको विदाई गरी विधिवत् रुपमा विवाह पञ्चमीको समापन गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved