हैजाविरुद्धको खोप आइतबार आइपुग्ने

नेपालभ्युज

हैजाविरुद्धको खोप आइतबार आइपुग्ने
कपिलवस्तुमा हैजाको प्रकोपसँगै बिरामी बढेपछि अस्पताल बाहिर राखेर उपचार गरिँदै। तस्वीर : बीबीसी

काठमाडौं। सरकारले ल्याउन भनेको हैजाविरुद्धको खोप आइतबार आइपुग्ने भएको छ।

लामो समयदेखि कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले दुई लाख ५२ हजार डोज ‘ओरल कललेर’ खोप ल्याउन लागेको हो।

कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ देखि फैलिएको हैजाका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म १ हजार ३६५ जनामा संक्रमित भएकोमा अझैं पनि ६ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।

खोप कपिलवस्तुका पाँच ओटा नगरपालिकामा लगाइनेछ। संक्रमण घटेपनि महामारी नियन्त्रण हुन तीन साताभन्दा बढी लागेकाले अझैं संक्रमणको जोखिम भएकाले खोप दिन लागिएको जानकारी उनले दिए।

उनले भने, ‘‘त्यहाँ ५० प्रतिशतभन्दा बढी घरमा सौचालय छैन र पानीमा पनि संक्रमणको जोखिम छ त्यैसले खोप दिन लागिएको हो।” खोपको प्रभावकारिता कम्तीमा पाँच वर्ष हुने बताउँदै उनल‍े त्यतिन्जेल कपिलवस्तुका पाँचओटा नगरपालिकामा खानेपानी र सौचालयको समस्या समाधान गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved