म्यानमारको सैनिक अदालतले तोक्यो अमेरिकी पत्रकारलाई ११ वर्ष जेल

आप्रवासन कानून उल्लंघन, गैरकानूनी संगठन र सेनाविरूद्ध असन्तुष्टि बढाएकोमा दोषी साबित गर्दै उनलाई जेल सजाय तोकिएको हो।

नेपालभ्युज

म्यानमारको सैनिक अदालतले तोक्यो अमेरिकी पत्रकारलाई ११ वर्ष जेल

काठमाडौं। म्यानमारको एक सैनिक अदालतले अमेरिकी पत्रकार डेन्नी फेन्स्टरलाई ११ वर्षको जेल सजाय तोकेको छ।

आप्रवासन कानून उल्लंघन, गैरकानूनी संगठन र सेनाविरूद्ध असन्तुष्टि बढाएकोमा दोषी साबित गर्दै उनलाई जेल सजाय तोकिएको हो।

यो हप्ताको शुरूमा उनलाई राज्यद्रोह र आतंकवादको आरोप पनि लगाइएको थियो। यी दुई आरोप पुष्टि भएको भए उनलाई आजीवन कारावास हुनसक्छ।

यी दुई अभियोगबारे १६ नोभेम्बरबाट बहस शुरू हुँदैछ।

अनलाइन पोर्टल ‘फ्रन्टियर म्यानमार’का ३७ वर्षे व्यवस्थापकीय सम्पादक फेन्स्टर गत मे महीनामा यांगुन विमानस्थलबाट पक्राउ परेका थिए। फेब्रुअरीमा म्यानमारमा सैन्य कू भएपश्चात् पक्राउ परेका एक दर्जनजति पत्रकारमध्ये उनी पनि एक हुन्।

फ्रन्टियरका अनुसार फेन्स्टर यसअघि ‘म्यानमार नाव’मा आबद्ध थियो जसले कूपछि सेनाको आलोचना गर्ने गरेको थियो।

“सबैजसो अभियोगहरू त्यहीँ प्रतिबन्धित ‘म्यानमार नाव’मा काम गरेको आधारमा लगाइएको हो। डेन्नीले २०२०को जुलाईमै त्यसबाट राजीनामा दिएका थिए र अर्को महीना फ्रन्टियरमा आबद्ध भएका थिए। त्यसैले २०२१ मे मा उनी पक्राउ पर्दा उनले फ्रन्टियरमा काम गर्न थालेको नौ महीना भइसकेको थियो”, फ्रन्टियरसम्बद्ध स्रोतले भन्यो, “उनको अपराध पुष्टि हुने कुनै आधार छैन ।”

जापानी फ्रिल्यान्स पत्रकार गलत समाचार प्रवाह गरेको आरोपमा पक्राउ परेको एक महीनापछि फेन्स्टरलाई सजाय तोकिएको हो।

जापानका मुख्य समाचार संस्थाहरूलाई समाचार सम्प्रेषण गर्ने युकी किताजुमी म्यानमारस्थित थोरै विदेशी संवाददातामध्ये एक हुन्। म्यानमार सरकारले उनलाई कानून उल्लंघन गरेको भन्दै पक्राउ गरेको थियो तर जापान सरकारको अनुरोधमा पछि मुक्त गरेको थियो।

अमेरिकी सरकारले म्यानमारको सैन्य सरकारसमक्ष फेन्स्टरलाई रिहा गर्न दबाब दिएको छ। तर सैनिक प्रवक्ताले उनी थुनामै रहनुपर्ने जिकिर गरिरहेछन्।

‘डेन्नीको गिरफ्तारी अन्यायपूर्ण भएको भन्ने संसारसमक्ष छर्लंगै छ। (म्यानमारको) सरकारले उनलाई तत्काल रिहा गर्ने विवेकपूर्ण निर्णय लिनुपर्छ ।’- सजाय सुनाउनुअघि जारी विज्ञप्तिमा अमेरिकाको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा टिप्पणी गरिएको थियो।

सजाय सुनाइसकेपछि भने अमेरिकी सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved