विश्वकप छनोट

जर्मनी र क्रोएसियाको शानदार जित, पोर्चुगल रोकियो

जर्मनीले ९-० र क्रोएसियाले ७-० को शानदार जित निकालेको अवस्थामा स्पेनले पनि ग्रिसमाथि १-० को जित निकाल्यो। युरोपेली छनोटमा रोनाल्डोको टिम पोर्चुगलले भने बराबरी खेल्यो।

नेपालभ्युज

जर्मनी र क्रोएसियाको शानदार जित, पोर्चुगल रोकियो

काठमाडौं। विश्वकप फुटबलको युरोपेली छनोटमा जर्मनी र क्रोएसिया शानदार जित निकाल्दा पोर्चुगल भने बराबरीमा रोकिएको छ।

जर्मनीले लिच्टेन्सटियनको पोस्टमा ९ गोल ठोकेको छ। यता क्रोएसियाले माल्टाको पोस्टमा ७ गोलको वर्षा गर्यो। स्पेनले पनि ग्रिसलाई १-० ले पन्छायो।

तर, क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल भने आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ।

लिच्टेन्सटियनको पोस्टमा गोलको वर्षा गर्ने क्रममा जर्मनीका थोमस मुलर र लोरे सानेले दुई दुई गोल गरे। यस्तै, मार्को रिउस, गुण्डोगान र रिड्ले बाकुले एक एक गोल गरे। बाँकी दुई गोल उसले उपहार पायो।

यता क्रोएसियाले पनि माल्टाको पोस्टमा आधादर्जन गोलको सीमा पार गर्यो। उसका लागि लोभ्रो मजेरले दुई तथा इभन पेरिसिक, मारियो पासालिक, सेलेटा कर, लुका मोड्रिक र आन्द्रेस क्रामारिकले एक एक गोल गरे।

जर्मनीले ९-० र क्रोएसियाले ७-० को शानदार जित निकालेको अवस्थामा स्पेनले पनि ग्रिसमाथि १-० को जित निकाल्यो। उसका लागि एकमात्र गोल पाब्लो सरावियाले खेलको २६ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए।

युरोपेली छनोटमा रोनाल्डोको टिम पोर्चुगलले भने बराबरी खेल्यो। उसले आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको हो। खेलको ८१ औँ मिनेटमा पेपेले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको पोर्चुगल बराबरीमा रोकिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved