एमाले महाधिवेशन तयारी अन्तिम चरणमा, कार्यकर्तालाई सौराहा होटलमा राखिने

नेपालभ्युज

एमाले महाधिवेशन तयारी अन्तिम चरणमा, कार्यकर्तालाई सौराहा होटलमा राखिने

चितवन । १० देखि १२ मंसिरमा चितवनमा आयोजना हुने नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेल, महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा, प्रवक्ता प्रदीप ज्ञवाली र चितवन एमाले अध्यक्ष पार्वती रावल महाधिवेशन उद्घाटन स्थलमा पुगेका थिए। महाधिवेशन उद्घाटन स्थलमा नारायणी नदी किरानमा पुगी उद्घाटन स्थलको स्थलग अवलोकन पश्चात नेपाल भ्यूजलाई प्रतिक्रिया दिँदै एमाले चितवनकी अध्यक्ष रावलले महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताइन्।

“महाधिवेशन आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ,” चितवन अध्यक्ष रावलले भनिन्। महाधिवेशनमा सहभागी हुन २७ कात्तिकमा १९ सय १९ जनाका प्रतिनिधि छनोटपछि माहोल अझ तीव्र गतिमा बढ्ने रावलको दाबी छ।

महाधिवेशनका लागि दुई वटा स्टेज बनाउनुका साथै ६ वटा गेट बनाइने एमाले चितवनले बताएको छ। बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेल, महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, राजन भट्टराई र चितवन एमाले अध्यक्ष पार्वती रावल महाधिवेशन उद्घाटन स्थलमा पुगेका थिए।

यस्तै चितवनमा आयोजना हुने महाधिवेशनमा सहभागी हुन आउने कार्यकर्ताको व्यवस्थापन गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको रावलले बताइन्। उद्घाटन नारायणी किनारमा भएपछि बन्द सत्रलगायत अन्य कार्यक्रम सौराहमा आयोजना हुनेछ।

महाधिवेशनमा सहभागी हुन आउने कार्यकर्तालाई सौराहकै होटलमा व्यवस्थापन गर्ने र त्यहाँ व्यवस्थापन गर्न नसकिएका कार्यकतालाई भतरपुर र पश्चिम चितवनका होटलमा व्यवस्थापन गरिने उनले बताइन्।

चितवनमा पार्टीको महाधिवेशन आयोजना गर्दा जिल्लाको पर्यटकीय गतिविधि बढ्ने रावलको दाबी छ। एमालेले पार्टीका पाँच लाख कार्यकर्ता महाधिवेशनमा सहभागी गराउने बताएको छ। चितवनमा महाधिवेशन आयोजना गर्दा जिल्लाको पर्यटकीय गतिविधि बढ्ने रावलको दाबी छ। एमालेले पाँच लाख कार्यकर्ता महाधिवेशनमा उतार्ने दाबी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved