आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट

इंग्ल्याण्डलाई पन्छाउँदै न्यूजिल्याण्ड फाइनलमा

१६७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालभ्युज

इंग्ल्याण्डलाई पन्छाउँदै न्यूजिल्याण्ड फाइनलमा

काठमाडौं। न्यूजिल्याण्डल आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। गएरातिको खेलमा पूर्वच्याम्पियन इंग्ल्याण्डलाई पन्छाउँदै ऊ जारी संस्करणको पहिलो फाइनललिस्ट बन्न सपफल भएको छ।

अबुधाबीमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्यो। जायद रंगशालामा टस हारेर पहिले ब्यािटङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो।

इंग्ल्याण्डका लागि मोइन अलीले अविजित ५१ तथा डेविड मलानले ४१ र जस बट्लरले १९ रनको योगदान दिए। यस्तै, लियम लिभिङस्टोनले १७ तथा जोन बेरिस्टोले १३ रन बनाए।

न्यूजिल्याण्डका टिम साउथी, अदम मिल्ने, इश सोधी र जेम्स निसमले एक एक विकेट हात पारे।

१६७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि डार्यल मिचेलले अविजित ७२ तथा डेभोन कन्वेले ४६ र जेम्स निसमले २७ रन बनाए।

इंग्ल्याण्डका क्रिस वोएक्स र लिभिङस्टोनले दुई दुई तथा अदिल रशिदले एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved