छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

साँझ जनकपुरधामसहित देशभरी नै छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ।

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

जनकपुरधाम। चार दिवसीय छठ पर्वको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ। साँझ जनकपुरधामसहित देशभरी नै छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ। व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन्।

अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन्। छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ।

पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ। हेर्नुहोस् , फोटो फिचर।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved