एघार वर्ष पूरा गर्दै फुडमाण्डु

नेपालभ्युज

एघार वर्ष पूरा गर्दै फुडमाण्डु

काठमाडौं। आफूलाई नेपालको पहिलो अनलाइन फुड डेलिभरी दाबी गर्ने फुडमाण्डुले एघार वर्ष पूरा गरेको छ।

सन् २०१० को नोभेम्वर ११ देखि संचालनमा आएको कम्पनीमा काडमाण्डौं उपत्यकासहित पोखराका समेत गरी सैयौं रेष्टुरेण्टहरू आवद्ध छन्। आवद्ध रेष्टुरेण्टहरूका परिकार कम्पनीको वेवसाइट तथा मोवाइलएप मार्फत अर्डर गर्न सकिन्छ। साथै उक्त कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि संचालन गर्दै आएको छ।

‘‘संचालनको एक दशक भन्दा बढीको समय हाम्रो लागि निकै महत्त्वपूर्ण रह्यो र यो अवधिमा हामीले निकै उतारचढावको अनुभव हासिल गर्‍यौँ,” कम्पनीका संस्थापक तथा प्रवन्ध निर्देशक मनोहर अधिकारीले भने। ग्राहकहरूको रुचि र माग अनुसार हामीले हाम्रा सेवाहरूलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरमा सेवा विस्तारको योजना भएको कुरा अधिकारीले बताए।

‘‘वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरूको व्यवस्था मिलाएको छ। ११ दिनसम्म हरेक दिन एक हजार १ सय ११ को आकर्षक कम्बो डिल तथा केहि आवद्ध रेष्टुरेण्टहरूसँगको सकहार्यमा बिलकुलै नौलो परिकार पनि आफ्ना ग्राहकसामु पस्कदैछौं”, कम्पनीका ब्राण्ड मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न मालीले भने।

आफ्नो बजार विस्तार गर्ने रणनीति अनुसार नेपालमा धेरै डाउनलोड भएको र रुचाइएको पात्रो एप सँग सहकार्य गरी उक्त एपमार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved