एमसीसी फिर्ता लेऊ : बामदेव गौतम

नेपालभ्युज

एमसीसी फिर्ता लेऊ : बामदेव गौतम
फाइल तस्वीर

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियान तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले एमसीसी मिलिनियम च्यालेन्ज कपोरेशन सहयोग फिर्ता लिनुपर्ने बताएका छन्। बिहीबार एक विज्ञप्ति निकाल्दै नेता गौतमले एमसीसी फिर्ता लिन नेपाल सरकार र अमेरिकी सरकारलाई अनुरोध गरेका छन्।

सम्झौता कार्यान्वयनले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने उनले बताए। नेपालको हितभन्दा पनि एमसीसीले जनमत विभाजन भई गम्भीर अहितको अवस्था सिर्जना हुने देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गरीबी विरुद्ध भइरहेको लडाइमा नेतृत्व गर्न अमेरिकाले विदेश सहायता संस्थाको नाममा अगाडि सारेको यस परियोजनामा भएको प्रावधान र शर्तहरूले राजनीतिक पार्टीबीच गम्भीर विवाद हुनु राष्ट्रिय हितविपरीत भएको निक्यौल उनको छ। विवादित प्रावधान संशोधनका लागि केही राजनीतिक दलले प्रस्ताव गरेपनि सहमति हुन नसकेकाले र सहमति कार्यान्वयन भए छिमेकी मुलुकसँग कुशलतापूर्वक सफल भएको सम्बन्ध पनि बिग्रिने शंका देखिएको उनले बताए।

नेपाल सरकार र संसद्ले पनि अनुमोदन गर्ने अवस्था नभएकाले एक पक्षीय रुपमै अमेरिकाले परियोजना फिर्ता लिएर भएपनि नेपालको हित प्रवर्द्धन गर्न उनले अनुरोध गरेका छन्।

तत्कालिन नेपाल सरकारको अनुरोधमा १४ सेप्टेम्बर २०१७ मा नेपाल र अमेरिकाबीच एमसीसी परियोजनामा सम्झौता भएको थियो। तर उक्त परियोजना नेपालको हितविपरीत भन्दै राजनीतिक दल, नागरिक, बुद्धिजिविबीच मतभेद सिर्जना भएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved