प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

नेपालभ्युज

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

काठमाडौं। भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो। नेपाल–भारतबिच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली गएका थिए।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन्। महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved