लिगबाहिर आर्मीका नवयुग

श्रेष्ठको घुँडामा चोट लागेको थियो। नवयुगसँगै आर्मीका विकास खवासले पनि लिग गुमाउने पक्का भइसकेको छ।

नेपालभ्युज

लिगबाहिर आर्मीका नवयुग

काठमाडौं। स्ट्राइकर नवयुग श्रेष्ठले यस सिजनको शहीद स्मारक ए डिभिजन लिग गुमाउने भएका छन्। त्रिभुवन आर्मी क्लबका स्टारले फिटनेसका कारण लिग गुमाउने भएका हुन्।

लिगको प्रि-सिजन खेलमा घाइते भएका श्रेष्ठले लिग गुमाउने भएका आर्मी क्लबले जनाएको छ। उनी ब्रिगेड ब्वाइजसँगको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए।

उक्त खेलमा श्रेष्ठको घुँडामा चोट लागेको थियो। नवयुगसँगै आर्मीका विकास खवासले पनि लिग गुमाउने पक्का भइसकेको छ।

ए डिभिजन लिग २९ कात्तिकदेखि शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved