कमेडी क्लब छाडेका मुन्द्रेको आक्रोशः भाषण र आश्वासनमै कृषिप्रधान देश भइरहने?

जितु लेख्छन्, ‘‘हिजो हेलिकप्टरमा उडेर यो गर्छौँ र उ गर्छौँ, यति क्षतिपूर्ति दिन्छौँ भन्ने। आजसम्म पीडित किसानले केही नपाउने। वर्षभर दुःख गरेर रोपेको धान भित्र्याउने बेलामा सर्वनास हुँदाको पीडा किन सम्बोधन हुदैन..?”

नेपालभ्युज

कमेडी क्लब छाडेका मुन्द्रेको आक्रोशः भाषण र आश्वासनमै कृषिप्रधान देश भइरहने?

काठमाडौं। हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले बाढीपीडित किसानले क्षतिपूर्ति नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्।

बेमौसमी वर्षापछि आएको बाढीका काराण भित्र्याउने बेलाको धानबाली तथा अन्य बाली गुमाएका किसानले क्षतिपूर्ति नपाएको भन्दै जितुले आक्रोश पोखेका हुन्। सरकारतर्फ इंगित गर्दै हेलिकप्टरमा उडेर आश्वासन बाँडेको तर काम नगरेको उनको आरोप छ।

जितु लेख्छन्, ‘‘हिजो हेलिकप्टरमा उडेर यो गर्छौँ र उ गर्छौँ, यति क्षतिपूर्ति दिन्छौँ भन्ने। आजसम्म पीडित किसानले केही नपाउने। वर्षभर दुःख गरेर रोपेको धान भित्र्याउने बेलामा सर्वनास हुँदाको पीडा किन सम्बोधन हुदैन..?”

जितुले उखु खेती गरे पैसा न पाउने, तरकारी फलाए बारीमै कुहिने तथा धान बाढीले बगाउने भन्दै किसान सधैँ मर्कामा रहेको बताए। उनको प्रश्न छ, ‘‘पीडित किसानहरुले के खाने….? कृषकका नाममा भाषण र आश्वासन दिएर कृषिप्रधान देश भइरहने…?”

जितुले सञ्चालन गर्दै आएको मुन्द्रेको कमेडी क्लब भर्खरै बन्द भएको घोषणा भएको छ। उनको कार्यक्रममा रहेको केही कलाकार बाहिरिएपछि उनले कार्यक्रम बन्द गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved