भारतीय टी-ट्वान्टीका नयाँ कप्तान रोहित शर्मा  

टी-ट्वान्टी विश्वकपलगत्तै भारतीय टिमले न्युजिल्याण्डसँग टी-ट्वान्टी सिरिज खेल्दैछ। नोभेम्बर १७ देखि शुरु हुने सिरिजका लागि शर्माको कप्तानीमा भारतीय टोली घोषणा गरिएको हो।

नेपालभ्युज

भारतीय टी-ट्वान्टीका नयाँ कप्तान रोहित शर्मा  

काठमाडौं। विराट कोहलीले छाडेलगत्तै रोहित शर्मालाई भारतीय टी-ट्वान्टी राष्ट्रिय टिमको नयाँ कप्तान घोषणा गरिएको छ। जारी टी-ट्वान्टी विश्वकपलगत्तै शर्माले टोलीको नेतृत्व सम्हाल्नेछन्।

टी-ट्वान्टी विश्वकपलगत्तै भारतीय टिमले न्युजिल्याण्डसँग टी-ट्वान्टी सिरिज खेल्दैछ। नोभेम्बर १७ देखि शुरु हुने सिरिजका लागि शर्माको कप्तानीमा भारतीय टोली घोषणा गरिएको हो।

उक्त सिरिजमा अहिलेका कप्तान विराटसहित तीन खेलाडी टोलीमा रहने छैनन्। नयाँ खेलाडीले स्थान बनाउँदा हार्दिक पाण्डेया, जसप्रीत बुमराह र रवीन्द्र जडेजा पनि टोलीमा परेका छैनन्।

न्युजिल्याण्डविरुद्ध शर्मा कप्तान तथा केएल राहुल उपकप्तान रहनेछन् । टिममा ऋतुराज गायकवडाय, श्रेयस अय्यर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चहर, हर्षल पटेल, मोहम्मद सिराज परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved