लुम्बिनी प्रदेशका मन्त्री, योजना आयोगका पदाधिकारीद्वारा गृहमन्त्रीसँग भेट

नेपालभ्युज

लुम्बिनी प्रदेशका मन्त्री, योजना आयोगका पदाधिकारीद्वारा गृहमन्त्रीसँग भेट

काठमाडौँ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरेको छ।

भेटमा टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐन अनुरूप काम कारबाही नभएको सन्दर्भमा गृहमन्त्री खाँडलाई जानकारी गराएको नेता कनौडियाले जानकारी दिए।

टोलीको माग सुनेपछि गृहमन्त्री खाँडले आफूले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताए। ‘‘यहाँहरूले उठाएका समस्या समाधानमा सक्दो पहल हुन्छ,’’ गृहमन्त्री खाँडले भने,‘‘प्रदेश र संघ मिलेरै काम गर्ने हो।’’ उनले टोलीले उठाएका विषयमा सरकार गम्भीर रहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved