भूमि आयोगले गरेका काम कारबाहीबारे गृहमन्त्रीले लिए जानकारी

नेपालभ्युज

भूमि आयोगले गरेका काम कारबाहीबारे गृहमन्त्रीले लिए जानकारी

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । मंगलबार मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका कामर अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्यांक मागिएको जानकारी दिए। त्यो तथ्यांक आयो भने अहिलेसम्म कति काम भएको छ, गर्नु पर्ने काम के छ र कति समय लाग्छ भन्नेबारे स्पष्ट हुने गृहमन्त्री खाँडलाई जानकारी गराए ।

उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजार मात्रै इन्ट्री गरिएको जानकारी गराए। कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम शुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पुर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।

गृहमन्त्री खाँडले नतिजा आउने गरी काम गर्न निर्देशन दिए । ‘‘गृह मन्त्रालयबाट हुने साथ र सहयोग तपाइहरूलाई पूर्ण रूपमा हुन्छ । नतिजा देखिने गरी काम गर्नुहोला,’’ गृहमन्त्री खाँडले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved