२४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण

नेपालभ्युज

२४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको भई घर फर्कनेको संख्या ४८४ छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ।
हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ छ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ। जसमध्ये ७ लाख ९६ हजार ३०६ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved