काठमाडौंमा छठको रौनक : किनमेल गर्नेको भीड

पछिल्लो समय छठप्रति पहाडीलगायत अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ। जसकारण बजारमा थप चहलपहल छ।

काठमाडौंमा छठको रौनक : किनमेल गर्नेको भीड
काठमाडौंको कालीमाटीमा छठ पर्वका लागि सामग्री किनमेल गर्दै

काठमाडौं। छठ पर्व शुरु भएसँगै बजारमा चहल पहल बढेको छ। काठमाडौंमा समेत किनमेलको चहलपहल बढेको छ। काठमाडौंमा बस्ने तराई मधेसी मूलका बासिन्दाहरूको किनमेलमा चहलपहल हो। छठ पूजाको लागि चाहिने पूजा तथा प्रसाद सामाग्री, भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ। पछिल्लो समय छठप्रति पहाडीलगायत अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ। जसकारण काठमाडौंको विभिन्न बजारमा थप चहलपहल छ।

छठ पूजामा छठी मातालाई चढाइने मुख्य प्रसाद ठेकुवा हो। जुन गहुँको शुद्ध पिठोमा भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ। यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरूमा स्याउ, केरा, सुन्तला, काँचो नरिवल र उखु  हुन्।

यी फलफूलको पसल काठमाडौंको विभिन्न सडकका फुटपाथ र सडक छेउमै थापिएका छन्। ती पसलहरूमा ग्राहकहरूको भीड लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved