ओरालो लाग्यो सुनको मूल्य

नेपालभ्युज

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ‍२०० रुपैयाँले ओरालो लागेको छ।

मंगलबार ९२ हजार ३०० रुपैयाँ मूल्य तोकिएकोे छ। सुन सोमबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० छ।

यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी सोमबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved