माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

आजको बैठकले पार्टीको आगामी महाधिवेशनको स्थल तय गर्ने बताइएको छ।

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि शुरु भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आजको बैठक बसेको हो। बैठकमा सामसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ।

आजको बैठकले पार्टीको आगामी महाधिवेशनको स्थल तय गर्ने बताइएको छ। एक स्थायी समिति सदस्यका अनुसार आजको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन गर्ने स्थानको छनोट गर्नेछ।

माओवादी केन्द्रले टोल भेला, वार्ड भेलादेखि स्थानीय तह र जिल्ला सहित केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved