शिक्षक अस्पतालका लागि जग्गा खोज्न गठन भयो समिति

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत शहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।

नेपालभ्युज

शिक्षक अस्पतालका लागि जग्गा खोज्न गठन भयो समिति

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका उपयुक्त ठाउँ खोज्न समिति गठन गरेको छ। मन्त्रालयले डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत शहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।

यसैबीच, शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved