चुनौतीसहित क्याप नोउमा जाभी

ला लिगामा लगातार खराब नतिजा निकालेको बार्सिलोनाका लागि नयाँ आशाका रुपमा पुरानो घर फर्किएका जाभीलाई स्वागत गर्न क्याम्प नोउमा समर्थक तथा दर्शकको भीड लागेको थियो।

नेपालभ्युज

चुनौतीसहित क्याप नोउमा जाभी

काठमाडौं। क्याटलान क्लब बार्सिलोनाले नयाँ मुख्य प्रशिक्षकको रुपमा आफ्ना पूर्व खेलाडी जाभी हर्नान्डेजलाई सार्वजनिक गरेको छ। स्पेनिस ला लिगा टिम बार्सिलोनाले जाभीलाई सोमबार हजारौँ दर्शकमाझ सार्वजनिक गर्यो।

ला लिगामा लगातार खराब नतिजा निकालेको बार्सिलोनाका लागि नयाँ आशाका रुपमा पुरानो घर फर्किएका जाभीलाई स्वागत गर्न क्याम्प नोउमा समर्थक तथा दर्शकको भीड लागेको थियो।

स्पेनका ४१ वर्षीय स्टार जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन्। सार्वजनिक हुने क्रममा क्याम्प नोउको मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्टासँगै देखिएका थिए ।

बार्सिलोनाबाट १७ वर्ष ला लिगा खेलेका जाभीले कतारी क्लब अल साद छाडेर आफ्नो पुरानो क्लब फर्किएका हुन् । सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई आठ पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

बार्सिलोना फर्किएका जाभी चुनौतीको भकारीभित्र परेका छन्। उनका लागि टोलीको प्रदर्शनसँगै आगामी च्याम्पियन्स लिगमा टिक्नु पनि मुख्य चुनौती हुनेछ।

यसअघि, लगातार खराब नतिजा निकालेपछि बार्सिलोनाले तत्कालीन मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो। कोम्यानको बर्खास्तीसँगै जाभी क्याम्प नोउमा फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved