रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनायो राजनीतिक संयन्त्र

नेपालभ्युज

काठमाडौं। सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

पौडेलको नेतृत्वमा गठन गरिने संयन्त्रमा कांग्रेसकै कृष्णप्रसाद सिटौला र ज्ञानेद्र बहादुर कार्की, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव हुनेछन्।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको जनाएको छ।

पौडेलले दुई महीन यसको नेतृत्व सम्हालेछन् भने त्यसपछि आलोपालोमा संयन्त्रमा आबद्ध नेताहरूले नेतृत्व गर्ने जनाइएको छ। संयन्त्रमा जसपाले अझै एक जनाको नाम दिने तय भएको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रिय जनमोर्चाले पनि अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल छन्।

मन्त्रीहरुको तर्फबाट आफूसमेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँचदलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं काग्रेस नेता कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved