छठपछि बढ्न सक्छ कोभिड संक्रमण

युरोपमा कोभिड संक्रमण बढ्दै जाँदा नेपालमा स्थिर देखिए पनि छठलगत्तै ह्वात्तै बढ्नसक्ने अनुमान गरिएको छ।

नेपालभ्युज

छठपछि बढ्न सक्छ कोभिड संक्रमण

काठमाडौं। कोभिड महामारीको प्रकोप फेरी फैलिँदो क्रममा छ। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो एक महीनामा युरोपमा कोभिड संक्रमण ५५ प्रतिशतले वृद्धि भएको छ।

संगठनका कोभिड–१९ प्राविधिक प्रमुख मरि या भान कर्कोफले लकडाउन केही खुकुलो भएकाकाे पछिल्ला चार सातामा युरोपभरि ५५ प्रतिशतले संक्रमण बढेको हो। संगठनका अनुसार अमेरिका, यूरोप र दक्षिणपूर्वी एशियामा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको उल्लेख छ।

नेपालमा भने कोभिड संक्रमणको स्थिति स्थिर छ। एक सातायता पाँच हजारमा नमूना परीक्षण गर्दा पाँच सयजति संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए। यद्यपि छठपछि भने संक्रमित बढ्न सक्ने उनले बताए।

“विश्वभर कोभिड संक्रमणदर ह्वातै बढिरहेकोले नेपालमा पनि केही सतर्कता अपनाइरहका छौं। नाकामा एन्टिजेन टेस्ट भइरहेको छ। हवाइमार्गबाट भित्रनेहरूको अनिवार्य रुपमा पीसीआर टेस्ट गरिने र पोजेटिभ आएकाहरूको जिन सिक्वेन्सिङमा पठाइने गरिएको छ”, पौडेलले भने।

हवाइमार्गबाट आएकालाई सात दिनसम्म क्वारेन्टाइनमा बसाल्ने र पीसीआर गराएर नेगेटिभ आएहरूलाई मात्र घर पठाइने गरेको पौडेलले बताए।

नेपालमा २२ कात्तिकसम्म नौ लाख नौ हजार ७६५ कार्तिक २२ गतेसम्म नौ लाख नौ हजार ७६५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने सात लाख ९५ हजार ८२२ निको भइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म कोभिड भाइरसका कारण ११ हजार ४५३ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै नेपालमा खोप अभियान शुरु भएबाट हालसम्म एक करोड ६१ लाख ७३ हजार २४६ जनाले खोप लगाएका छन्। यसमध्ये पहिलो मात्रा लगाउनेको संख्या ८७ लाख ३६ हजार ५३२ रहेको छ भने दोस्रो मात्रा ७४ लाख ३६ हजार ७१४ जनाले लगाएका छन्।

नेपालमा हालसम्म कोभिडशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्रोजेनेका र स्वीडिस एस्ट्रोजेनेका खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved