विराटनगरमा ओली उवाचः सेटिङमा संसद् उल्टियो, न्यायाधीश पोल खोलाखोलमा लागे’

ओलीले अझै धेरै कुरा खुल्न बाँकी रहेको बताउँदै भने, ‘‘नदेखिएको के–के लेनदेन भयो अझै खुल्न बाँकी छ।”

नेपालभ्युज

विराटनगरमा ओली उवाचः सेटिङमा संसद् उल्टियो, न्यायाधीश पोल खोलाखोलमा लागे’
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले सेटिङका आधारमा संसद उल्ट्याएको बताएका छन्। मोरङ पुगेर ओलीले अदालतले सेटिङमा परेर संसद उल्ट्याएको अहिले न्यायाधीशहरुले नै पोल खोलाखोल गर्दै गरेका पनि बताए।

मोरङ एमालेले विराटनगरमा सोमबार गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा न्यायाधीशहरु आफैंले आफूहरु र तत्कालीन विपक्षी गठबन्धनबीच सेटिङ रहेको खुलासा गरेको बताए।

ओलीले संसद् पुनःस्थापनाका नाममा कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने भन्ने सेटिङ भएको बताए। उनले ती सबै सेटिङ अलिहे आएर देखिएको बताए। उनले अझै धेरै कुरा खुल्न बाँकी रहेको बताउँदै भने, ‘‘नदेखिएको के–के लेनदेन भयो अझै खुल्न बाँकी छ।”

त्यसअघि, ओलीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीको विषयमा पनि झुट बोलेको बताए। उनले एमसीसीलाई पत्र पठाएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा अथवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेको बताए।

विराटनगर विमानस्थलमा ओलीले पत्रकारसँग देउवा वा प्रचण्डले झुटो बोलेको बताएका हुन्। देउवाले एमसीसीलाई चिठी पठाएको भनेको र प्रचण्डले खण्डन गरेको विषयमा सरकारलाई सोध्न भन्दै उनले भने, ‘‘देउवाजी र प्रचण्डजीमा एकजना झुट बोल्दै हुनुहुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved