सर्वोच्चमा बस्यो जबराबाहेकको इजलास, बन्दीप्रत्यक्षीकरणका मुद्दामा आदेश

सर्वोच्चमा सोमबार तीन वटा संयूक्त, एउटा पूर्ण र २ वटा एकल इजलास तोकिएको थियो। ती ६ इजलासमा बन्दीप्रत्यक्षीकरणका सात रिटको पेशी तोकिएको थियो। 

नेपालभ्युज

सर्वोच्चमा बस्यो जबराबाहेकको इजलास, बन्दीप्रत्यक्षीकरणका मुद्दामा आदेश
फाइल फाेटाे

काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका इजलास बसेका छन्। आज तोकिएका ६ वटा इजलासमध्येमा प्रधानन्यायाधीशसहितको एउटा पूर्ण इजलासबाहेक ५ वटै इजलासले पेशी तोकिएको मुद्दामा आदेश गरेको छ।

सर्वोच्चमा सोमबार तीन वटा संयूक्त, एउटा पूर्ण र २ वटा एकल इजलास तोकिएको थियो। ती ६ इजलासमा बन्दीप्रत्यक्षीकरणका सात रिटको पेशी तोकिएको थियो।

पेशी तोकिएका सात रिटमध्ये ५ रिटमाथि आदेश आएको छ। तर, प्रधान्यायाधीश जबरासहित न्यायाधीश कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएका २ रिटमाथि भने इजलास नबसेका कारण सुनुवाइ हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved