सुज अभियानका लागि गृहजिल्ला गोरखा जाँदै अध्यक्ष भट्टराई

नेपालभ्युज

सुज अभियानका लागि गृहजिल्ला गोरखा जाँदै अध्यक्ष भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानका लागि सोमबार गृहजिल्ला गोरखा जाँदै छन्। विकास र समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यसहित सुज अभियानमा अध्यक्ष भट्टराई गोरखा प्रस्थान गरेका हुन्।

अध्यक्ष भट्टराई कात्तिक २२ देखि मंसीर ३ सम्म सुज अभियान कार्यक्रममा सहभागी हुने जसपा जिल्ला कार्यसमिति, गोरखाले जानकारी दिएको छ । सुज अभियान कार्यक्रम गोरखाको सबै गाउँपालिका र नगरपालिकामा सञ्चालन हुनेछ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले गोरखामा रहँदा जसपाका मात्र नभई फरक पार्टीका नेता तथा कार्यकर्ता, बौद्धिक व्यक्तित्वहरू, विकास योजनासम्बद्ध व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् । साथै अध्यक्ष भट्टराईले गोरखाका विभिन्न समस्या पहिचान र समाधानबारे पनि अन्तर्संवाद गरी सल्लाह सुझाव लिनेछन् ।

कहाँ कहिले कार्यक्रम ?

सोमबार २२ कात्तिकमा घ्यालचोक, दर्बुङफाँट, ढाबे र फुजेलमा कार्यक्रम रहनेछ। २३ गते घैरुङ, नामजुङ र बोर्लाङमा कार्यक्रम हुनेछ। २४ कात्तिकमा बालुवा, थुमी र मान्बुमा कार्यक्रम हुनेछ जिल्ला कार्यसमिति गोरखाका अनुसार २५ गते लिदिङ, लापुबेंसी, खानिबेसी र माछिखोलामा कार्यक्रम रहेको छ । २६ गते लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक कार्यक्रम हुनेछ।

२७ गते लाप्राकबाट वारपाक जाने र त्यहीँ कार्यक्रम हुने कार्यसमिति गोरखाको भनाइ छ। २८ गते वारपाक, सौरपानी, स्वाँरा र देउरालीमा कार्यक्रम आयोजना हुनेछ भने २९ गते सात दोबाटो, बगुवा, ताप्ले र नारेश्वरमा कार्यक्रम हुनेछ।

त्यसैगरी कात्तिक ३० गते सिरान्चोक, छेपेटार र पालुङटारमा कार्यक्रम हुने तालिका रहेको छ। मंसीर १ गते दुधपोखरी, मुर्गे, पाडेबारी, ओख्रेनी, सिचौर, केराबारीमा पनि सुज अभियान कार्यक्रम संञ्चालन हुनेछ।

मंसीर २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोकमा कार्यक्रम हुनेछ । मंसीर ३ गते झ्याल्लाको कार्यक्रम पछी बालुवामा स्वास्थ्य शिविर कार्यक्रम गरेर गोरखाको अभियान सम्पन्न गरी अध्यक्ष भट्टराई काठमाडौ फर्कनुहुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved