बारले प्रधानन्यायाधीशविरूद्ध आन्दोलन थप कडा बनाउँदै (फोटो फिचरसहित)

नेपालभ्युज

बारले प्रधानन्यायाधीशविरूद्ध आन्दोलन थप कडा बनाउँदै (फोटो फिचरसहित)

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। आन्दोलनलाई थप कडा बनाउने उसको रणनीति छ। आन्दोलन कडा बनाउने भन्दै बारले देशभरिका बार इकाइसँग छलफल गर्ने तयारी गरेको छ।

यसअघि कात्तिक १४ देखि १७ गतेसम्म कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराविरुद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको बिदा थियो।

तिहार सकिएलगतै फेरि सोमबारदेखि उक्त विरोध कार्यक्रमलाई निरन्तरता दिइएको हो। सत्तासँग सौदावाजी गर्ने न्यायालयलाई विवादमा पारिरहेको भन्दै सर्वोच्चका सबै न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको राजीनामा मागेका छन्।

उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्। प्रधानन्यायाधीश राणाले सत्तामा भाग खोजेर न्यायीक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन समेत आन्दोलनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved