चिसो बढ्यो, केही स्थानमा हिमपातको सम्भावना

नेपालभ्युज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली छ। पूर्वानुमान महाशाखाले तीन दिनको बुलेटिन निकाल्दै हिमपात हुने समेत भएको छ। हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव परेको हो। सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाको भनाई छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। मंगलबार पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार देशको प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved