आस्था र विश्वासको पर्व छठ आजदेखि शुरु

नेपालभ्युज

आस्था र विश्वासको पर्व छठ आजदेखि शुरु

जनकपुर। कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदै छ। सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन चोख्याउने गरेसँगै छठ सुरु हुन्छ। विगतमा मिथिला र तराई मधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको छ।
सोमबार कात्तिक चौथीमा नयाँखाय गरेर चोखिने र दोस्रो दिन कात्तिक पञ्चमीका दिन (मंगलबार) खरना पूजा गरिनेछ । पूजाको मुख्य दिन साँझियाँ घाट बुधबार मनाइँदै छ।

धार्मिक मान्यताअनुसार खरनाकै दिन छठ पूजाको पहिलो दिन भएको उनले जानकारी दिए। साँझियाँ घाट कात्तिक शुक्ल षष्ठीमा मनाइन्छ। साँझियाँ घाटको पूजामा व्रतालुहरू तयार पारिएको पूजा सामग्री डालोमा राखेर परिवारको सबै सदस्यसहित नदी,तलाउ,पोखरीलगायत स्थानमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजनकीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाउने गरिन्छ।

छठ पूजामा मुख्यतया ठेकुवा,पुरी, कसार,ऋतुअनुसारको फलफूल,उखु,केराउ,चामललगायत सामग्री आवश्यक हुन्छ। शुद्धता तथा पवित्रताको पर्व छठ पूजामा साँझियाँ घाटका दिन नदी किनारमै सिरसिता देवीको आकृति बनाएर पूजा गरी भजनकीर्तन गरिन्छ।

अस्ताउँदो सूर्यलाई जलाशयमा अर्घ्य दिएर फर्कने गर्छन्। छठ व्रतालु राधा रौनियारका अनुसार छठमा आवश्यक पर्ने बासले बनेको डालो र सुपलि डोम समुदायले नै तयार पारेका हुन्छन्। फलफूल मुस्लिम समुदायले बिक्री वितरण गर्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved