प्रधानन्यायाधीशमाथि दबाब बढाउन बारको आन्दोलन जारी

नेपालभ्युज

प्रधानन्यायाधीशमाथि दबाब बढाउन बारको आन्दोलन जारी

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले अर्को चरणको आन्दोलन थाल्ने भएको छ। बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो।
न्यायपालिका शुद्धीकरण अभियान अन्तर्गत  सोमबार बिहान साढे १० बजे कालो पट्टीसहितको आन्दोलन एक घण्टा तय गरिएको छ।
केही वकिलहरूले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहँदा बारले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरेको थियो। आन्दोलनको भावी रणनीतिको लागि बारले आइतबार देशभरिका एकाइका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो।

परामर्श भइरहेको र सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारले जनाएको छ। सर्वोच्चमा प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved