वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

नेपाल भ्यूज

वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

दाङ। कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्। तिहारमा खेलेको देउसी–भैलोबाट संकलित रकमबाट वनभोज खान जान थालेका घोराहीको नारायणपुर क्षेत्रका स्थानीय दुर्घटनामा परेका हुन्।

वनभोजका खान भनेर कोइलावासतर्फ जान थालेको ना ४ ख ४३५९ नम्बरको बस गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास चारखम्बा नजिकै आइतबार दिउँसो दुर्घटनामा पर्दा उनीहरू घाइते भएका इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved