कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved