वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि विश्वासको मत लिने

नेपालभ्युज

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि विश्वासको मत लिने

हेटौँडा। वाग्मती प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन्। दिउँसो ३ बजेका लागि बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सि विश्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिए।

यता, मुख्यमन्त्रीका निजी सचिव अच्युत लामिछानेले मगलबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मत लिएर मात्र अरु मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गरिएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved