अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत सेमिफाइनल नपुगी बाहिरियो

नेपालभ्युज

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत सेमिफाइनल नपुगी बाहिरियो

काठमाडौं। न्युजिल्यान्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। युएईको आबुधाबीमा भएको खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलको यात्रा तय गरेको हो।

न्युजिल्यान्डको जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ। यदि यो खेलमा अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीनवटै टोलीको सम्भावना रहने थियो। विश्व कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र न्युजिल्यान्ड पुगेका छन्।
अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो। उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए। केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमायो। जसमा अफगानिस्तानले एक सय २४ रन बनायो। उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र चार चौकासहित ७३ रन बनाए। बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved