काठमाडौंमा छठ पर्वको तयारी

नेपालभ्युज

काठमाडौंमा छठ पर्वको तयारी

काठमाडौं। मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ। विशेषगरी तराईमा जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरूमा समेत मनाउन थालिएको छ। यसैअवसर पारेर गौरी घाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ।

छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो। काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन। तर गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ। त्यसैगरी पहाडी जिल्लाहरूका कतिपय नदी, किनारा र पोखरीहरूमा पनि यो पर्व मनाउने गरी तयारी थालिएको छ।

४ दिनसम्म विशेष रुपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाए’ विधिबाट सुरु हुन्छ। व्रतालुहरूले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछा मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरू नखाने चलन छ। यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ। आज आइतबार ‘अरबा–अरबाईन’ गरेका व्रतालुहरूले भोलि अर्थात् चौंथी तिथिमा ‘नहाय–खाए’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved