पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना सङ्क्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा पुष्टि भएको हो। ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन्। जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन्। ५८९ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये १९७ जना आइसियु र ४९ जना भेन्टिलेटरमा उपचाररत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved