देउसी खेल्न जाँदा ट्याक्टरबाट लडेर मृत्यु

नेपालभ्युज

देउसी खेल्न जाँदा ट्याक्टरबाट लडेर मृत्यु

जनकपुरधाम । महोत्तरीमा शनिबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गौशलाले दिएको जानकारीअनुसार गौशाला नगरपालिका -४ रजखोरमा सोही ठाउँका २२ वर्षीय अजय रानाको मृत्यु भएको हो।

२०-२५ जनाको एक समूह बनाइ भाइटीकाका दिन देउसीभैली खेल्न साँझ ट्याक्टरमा रामनगर जाने क्रममा उनको लडेर मृत्यु भएको हो।

लडेपछि उनको टाउकोमा गम्भीर चोट लागेको र तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचार क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved