बसको ठक्करबाट देउसी खेल्न हिँडेका दुई जनाको मृत्यु

चार जना घाइते, ठक्कर दिने बसमा स्थानीयद्वारा आगजनी

बसको ठक्करबाट देउसी खेल्न हिँडेका दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। सो बसका चालक फरार रहेका, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved